माविसम्म दोस्रो भइँन, त्यसपछि पहिलो भइँन

म जीवनमा पछि परेको पाटो भनेकै औपचारिक शिक्षा हो । म माध्यामिक कक्षासम्म कहिल्यै दोस्रो भइँन, त्यसपछि कहिल्यै पहिलो भइँन । मेरो औपचारिक अध्ययन परिवार, वर्ग र क्षेत्रसँग जोडिएको छ ।

मेरो एसएलसीको तयारी हुँदै गर्दा बुवाको निधन भयो, त्यसपछि मेरो एकेडेमिक लाइफमा बज्रपात नै आइलाग्यो । मेरो औपचारिक शिक्षाका सावलमा भोग्नुपरेका चुनौति र संघर्षको बारेमा कुनै ठाउँमा उल्लेख गरौंला तर जेनतेन निकै संघर्षका बीच स्नातक उत्तीर्ण सकेकोमा भने गर्व नै लागेको छ ।

मेरो उच्च शिक्षाका लागि बाटो देखाउने काम साइला दाई सुरेन्द्र केसीले गर्नुभएको हो । साँच्चैभन्दा म एसएलसी दिनुअघिसम्म गाडी नै चढ्न पाएको थिएन, त्यस्तो दुर्गममा हराइरहेको केटोलाई दाङहुँदै काठमाडौंसम्म पु¥याएर उहाँले देश दुनियाँ चिन्न सहयोग गरेको कुरा म जीवनभर बिर्सने छैन ।

उहाँको प्रयासका बावजुद पनि मैले त्यतिबेला औपारिक अध्ययन पूरा गर्न सकिनँ । त्यसका पनि थुप्रै कारण छन्, कतै उल्लेख गरौंला । मेरो जीवनको एउटा बिशेषता के हो भने म एक दिन क्याम्पस नगएर स्नातक गर्न सफल भएको छु ।

तत्कालीन प्रावि (पछि निमाविहुँदै मावि) चुनबाट शुरु भएको अध्ययन मावि झुल्खेत रुकुमसम्म पुग्यो र त्यहाँबाट एसएलसी उत्तीर्ण गरें । उच्च शिक्षाका लागि खलंगा मुसीकोट क्याम्पस रुकुम र सरस्ववती क्याम्पस सोह्रखुट्टे काठमाडौंमा भर्ना भए पनि निरन्तरता दिन सकिएन ।

अन्ततः २०५६ मा एसएलसी गरेको मैले २०६३ मा मात्रै राप्ती बबइ क्याम्पस तुलसीपुरबाट आइए र २०७० सालमा महेन्द्र बहुमुखी क्याम्पस घोराहीबाट बीए उत्तीर्ण गरें । माध्यामिक तह उत्तीर्ण गर्न आमा, बुवा र बिशेषतः कान्छी दिदीको जुन भूमिका छ, आइए र बीए उत्तीर्ण गर्न जीवनसाथी कमलाको त्यत्तिकै भूमिका छ ।

मैले यी दुबै तह विवाहपश्चात नै गरेको हुँ । मेरो लथालिंग भएको जीवन सम्हाल्न आएकी जीवनसाथी कमलाको प्रेरणा र अझ सकारात्मक दबाब मेरो अध्ययन निरन्तरताको राम्रो आधार बन्न पुग्यो । अब एमएको तयारी गर्दैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>