निरन्तर समाजसँग

मैले जतिबेलादेखि केही थाहा पाउन थालें र समाजलाई चिन्न थालें, त्यतिबेलादेखि निरन्तर समाजसँगै छु । हो, म विभिन्न हैसियत र जिम्मेवारीका साथ समाजमा गएको छु तर निरन्तर समाज सेवामै समर्पित छु ।

विद्यालय जीवनको कुरा छाड्ने हो भने म निरन्तर समाज सेवामै छु । ६० को दशकअघि राजनीतिक विद्यार्थीको रुपमा समाजसेवामा थिएँ भने त्यसयता पूरै दशक पत्रकारिताको माध्यमबाट समाज सेवामा छु । पत्रकारितालाई कसैले जीविकासँग मात्र जोडिदिंदा पीडा हुन्छ ।

जीविकामै सीमित भएको भए सायद मैले पनि दुई चार पैसा जोड्ने आइडिया जान्ने थिएँ । विहान ५ देखि राति ११ बजेसम्म निरन्तर काममा जोतिएर पनि साँझविहानको हातमुख जोड्न धौधौ हुने स्थिति सायद हुने थिएन, समाज सेवामा नजोडिएको भए ।

तर, पनि सन्तुष्ट छु, समाजमा सूचना संप्रषण गर्ने आधुनिक नारदमुनिको भूमिका निर्वाह गर्न पाएकोमा । समाजबाट सूचना लिने, परिस्कृत गर्ने र पुनः समाजलाई नै फर्काइदिएर सूचित र सचेत बनाउने यो कार्य पूर्ण समाजसेवा नै हो भन्ने मेरो दावी हो । यसका साथै समाजसेवाका आयाम विस्तार गर्नेतिर पनि सोचिरहेको छु, त्यस्तो सोच भएकाहरुसँग सहकार्य गर्न हमेशा तयार छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>