गिद्ध संरक्षण र आयआर्जन सँगसँगै

नरेन्द्र केसी
घोराही, दाङ । प्रकृतिको निःशुल्क कूचीकार मानिने गिद्ध संरक्षणमा अग्रसरता देखाएका दाङ बिजौरीका बासिन्दाले गिद्ध संरक्षण र आयआर्जनलाई सगसगै अघि बढाएका छन् । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको अगुवाईमा भइरहेको गिद्ध संरक्षणका लागि संस्थाले स्थानीयवासीलाई आर्थिक वचत तथा पशुपालनसम्बन्धी सहयोग गरेपछि उनीहरु दुबै काममा सँगसँगै अगाडि बढेका हुन् ।


संस्थाले यहा“ पाइने गिद्धका विभिन्न ७ प्रजातिको नामबाट महिला समूहहरु गठन गरेर आयआर्जनका काम सञ्चालन गरेको छ । प्रत्येक समूहलाई शुरुमा बीउ पू“जीको रुपमा १०÷१० हजारका दरले अनुदान दिएको र महिला समूहहरुले थप वचत गरेर त्यसैबाट घरायशी खर्च चलाउने गरेको बताएका छन् । त्यस्तै संस्थाले बंगुर र बाख्रापालनको काममा महिलाहरुलाई सहभागी बनाएको छ ।
बिजौरी– ८, ९ र २ नम्बर वडाका झण्डै दुई सय महिलाहरु समूहमा संगिठत भएर गिद्ध संरक्षण र आयआर्जनको कामलाई स“गस“गै अगाडि बढाएको संस्थाका अध्यक्ष डिल्लीबहादुर रावतले बताउनुभयो । ‘हामीले दिएको बीउ पू“जीमा आफै मासिक वचत थप गरेर महिलाहरुले आपसमा ऋण लगानी गर्छन् र सस्तो ब्याजदरमा कारोवार गर्छन्’– उहाले भन्नुभयो– ‘यसले उनीहरुको आयआर्जनको स्रोत पनि बढेको छ र गिद्ध संरक्षणप्रति पनि सक्रियता बढेको छ ।’ समूहहरुलाई अझै आर्थिकरुपमा समक्ष र सामाजिकरुपमा सशक्त बनाउने लक्ष्य रहेको उहा“ले बताउनुभयो ।
समूहमा सम्बद्ध महिलाहरुले पनि गिद्ध संरक्षण अभियानस“गै आफूहरुको आयआर्जन र सचेतना बढेको बताएका छन् । गोब्रे जटायु महिला वचत समूहकी अध्यक्ष रेवती बिकले आफूहरुले मिलेर समूह चलाइरहेको बताउनुभयो । ‘पहिले हामी गिद्ध संरक्षण गर्न समूह बनाउन लागेको छौं भन्दा सबै हा“स्थे तर अहिले गिद्ध संरक्षणस“गै आयआर्जन हुन थालेपछि सबै यसमा लागेका छन्’– उहा“ले भन्नुभयो ।
हाडखोर जटायु महिला वचत समूहकी सचिव देवा नेपालीले पनि गिद्ध संरक्षणमा लागेपछि आफूहरु सचेत भएको बताउनुभयो । ‘हामी कहिल्यै बाहिर ननिस्केका महिलाहरु बाहिर आएर केही बोल्न सक्ने भएका छौं, गिद्ध घरमा बसे ग्रह शान्ति गर्नुपर्छ भनिन्थ्यो तर अहिले बल्ल यसको महत्व हामीले बुझेका छौं र अरुलाई पनि बुझाउन थालेका छौं’– उहा“ले भन्नुभयो । बिजौरी गिद्ध संरक्षण केन्द्रमा हाल २ सय बढी गिद्ध रहेका छन् । दाङमा डंगर, सुन, हिमाली, राज, खैरो, गोब्रे, सानो खैरो प्रजातिका गिद्ध पाइन्छन् । गिद्धको आहारका लागि पशु बृद्धाश्रम पनि स्थापनामा गरिएको छ, जसमा हाल २५ वटा पशु पालिएको संस्थाका अध्यक्ष रावतले जानकारी दिनुभयो ।
पंक्षी संरक्षण संघका अनुसार १९९० को दशकदेखि दक्षिण एशियामा गिद्धको संख्यामा नाटकीय रुपमा कमी आएपछि छ । १५ वर्षको समयावधिमा भारतमा डंगर गिद्धको संख्यामा ९९.९ प्रतिशत घटेको प्ांक्षी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत खडानन्द पौडेलले जानकारी दिनुभयो । सन् २००२ देखि नेपालमा डंगर गिद्धको संख्या ९१ प्रतिशतले घटेको उहा“ले बताउनुभयो ।
गिद्धको संख्या घटेसँगै नेपालमा संरक्षण अभियान थालिएको थियो । विश्वमै पहिलोपटक नेपालमा गिद्धको आहारका लागि गिद्ध रेष्टुरेण्ट स्थापना गरेर संरक्षण अभियान थालिएको ेपाल पंक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. हुम गुरुङले जानकारी दिनुभयो । संरक्षण अभियानस“गै गिद्धहरुको संख्या र गुडको संख्यामा वृद्धि देखिएको पनि उहा“ले बताउनुभयो । नेपालपछि पाकिस्तान र भारतमा पनि गिद्ध संरक्षण कार्यक्रम शुरु गरिएको छ । अहिलेसम्मको प्रयासले नेपालका २१ वटा जिल्ला गिद्ध सुरक्षित क्षेत्रको रुपमा विकास हुन थालेको उहा“ले बताउनुभयो । ‘यसलाई आगामी वर्षहरुमा उत्तरी जिल्लाहरुलाई र भारतको सिमानामा पर्ने क्षेत्रहरु प्नि जोडेर वृहत बनाइनेछ’– डा. गुरुङले भन्नुभयो ।

One thought on “गिद्ध संरक्षण र आयआर्जन सँगसँगै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>