नरेन्द्र भन्छन्– ‘डण्डिफोरे कडी दाह्री फुल्दासम्म जोडिन्छ कि ?’

Naredra_Kc

नरेन्द्र केसी
पत्रकार

पछिल्लोपटक पढेको पुस्तक ?
–पछिल्लोपटक पढेको सानो पुस्तिका ‘सहकारीसम्बन्धी लेनिनका रचनाहरु’ हो । त्यसअघि दोहो¥याएर पढेको डा. बाबुराम भट्टराईको ‘राजनीतिक अर्थशास्त्रको आँखीझ्यालबाट’ हो ।

कस्ता खालका पुस्तकहरु बढी पढ्नुहुन्छ ?
–मेरो पेशा पत्रकारिता भएकाले अध्ययनको प्राथमिकता पनि पत्रकारिता क्षेत्र नै हुने भयो । पत्रकारितासँग सम्बन्धित पुस्तकहरु भेटाएसम्म र स्तरीय लागेसम्म पढ्ने गरेको छु ।

सूचना प्रविधिसँग सम्बन्धित पुस्तक पनि पाए जति र बुझे जति (अलि बढी प्राविधिक बिषय त बुझिदैनन् पनि) पढ्ने गरेको छु ।

समाज विज्ञानको अध्ययन मेरो मुख्य रुचिको बिषय हो । नेपाली समाजको अध्ययनमा सहयोग पु¥याउने पुस्तकहरु मेरो प्राथमिकतामा पर्छन् । राजनीतिक, भौगोलिक, ऐतिहासिक, आर्थिक, सामाजिक–सांस्कृतिक स्थितिलगायतका दृृष्टिकोणबाट नेपाली समाजलाई बुझ्न सहयोग पु¥याउने पुस्तकहरु मैले बढी पढ्ने गर्दछु ।

आखिर समाजमा विभेद, उत्पीडन र अभाव किन हुन्छ ? यही प्रश्नले मलाई बढी घोच्ने गर्दछ, त्यसैले अर्थ राजनीतिको पाटोलाई बढी बुझ्न चाहेको हुँ । त्योबाहेक कुनै व्यक्तिका निजी अनुभूति, उपन्यास, निबन्धहरु पनि पढ्ने गर्छु । मैले नढाँटी भन्दा कविता त्यति पढ्दिनँ तर सुन्नचाहिँ निकै मजा आउँछ ।

धेरै मन परेको कुनै एउटा पुस्तक ?
–एउटा मात्र भन्नुपर्दा– झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ । कुनै स्रष्टाको रचना पढ्दा सामग्री मात्र होइन, स्रष्टाको जीवन प्रसंगले पनि छुँदोरहेछ । मैले झमकलाई प्रत्यक्ष नभेटे पनि एकपटक वृत्तचित्रमा उनलाई देखेको थिएँ । मैले यो पुस्तकका हरेक वाक्यांश पढ्दा अपांग झमकले खुट्टाका औंलामा कलम च्यापेर लेखेको दृश्य मानस्पटलमा घुमिरह्यो, सायद त्यसैले पनि होला मलाई यो पुस्तकले बढी छोयो ।

पढाइ के हो तपाइँको बुझाइमा ?
–पढाइ ज्ञान बढाउने कुरा हो । कुनै पनि बिषयवस्तुमाथिको जानकारी हाँसिल गर्ने वा बुझ्ने कुरा हो । भन्नलाई त बुझन्े, व्याख्या गर्ने र बदल्ने कुरा पढाइ हो भन्ने स्कूलिङबाट यहाँसम्म आइयो । तर, हामीले पढेअनुसार कति व्याख्या गर्न र बदल्न सक्यौं, यो चाहिँ सहजै मापन गर्न सकिने बिषय होइन तर बुझ्ने कुरामा भने पढाइलाई राम्ररी नै उपयोग गरिरहेजस्तो छ ।

पढाइ औपचारिक र अनौपचारिक तरीकाले हुने गर्दछ । औपचारिक तह कसले कति पढेको छ भन्ने कुराले उसले कति जानेको छ भन्ने अर्थ राख्दैन किनकि जन्मेदेखि नमरुञ्जेलसम्म हरेक व्यक्तिले जीवन, समाज र परिवेश पढिरहेको हुन्छ, त्यसबाट न उसले कुनै सर्टिफिकेट पाउँछ न त त्यस्तो अध्ययनका लागि निश्चित डिग्री नै चाहिन्छ । तर, खासखास औपचारिक कामकाजका लागि वा भनौं एकेडेमिक स्टाटसका लागि निश्चित डिग्री पनि चाहिन्छ ।

पुस्तक नभएको के हुन्थ्यो होला ?
–ज्ञान प्राप्तिको महत्वपूर्ण ढोका बन्द हुन्थ्यो ।

तपाइँको समाचार लेखाइमा कतै–कतै साहित्यको रस पनि घुस्या हुन्छ नि !
–मेरो बुझाइमा साहित्य मानवीय समवेदनाको अभिव्यक्ति हो, समाचारमा मात्र होइन, जीवनका हरेक पाटापक्षमा मानवीय समवेदना पोखिन्छ । तर, मैले यसलाई साहित्यिक रस दिनुपर्छ भनेर कुनै समाचार लेखेको छैन । लेख्दै जाँदा आफूलाई बढी छोएको बिषयवस्तुमा कतै साहित्यिक रस मिसिएको भेटिए त्यो संयोग मात्र हो ।

साहित्य लेखनको विषय किन प्राथमिकतामा परेन ?
–आत्मालोचनासहित भन्नुपर्दा अल्छी भएर । अलि बहाना खोज्ने हो भने समय मिलाउन नसकेर । यो पत्रकारिता भन्ने पेशा नै यस्तो रहेछ कि कहिल्यै गतिलो काम पनि नदेखिने, कहिल्यै फुर्सद पनि नभेटिने । यति हुँदाहुँदै पनि निबन्ध विधासँग सकेसम्म जोडिन पाए हुन्थ्यो भन्नेमा छु ।

तर, डण्डिफोरे याममा कविता खुबै लेख्नुहुन्थ्यो रे नि ?
–त्यो गरियो होला अलि–अलि । गफै दिने हो भने एकपटक स्कूल पढ्दा मैले तीनवटा कविता लेखेर एउटा आफैले र दुई वटा अरु साथीलाई दिएको । आफू दोस्रो भइयो, मैले लेखेका अरु दुई मध्ये एउटा प्रथम र अर्को तेस्रो ।

यतै (दाङ) झरेपछि पनि केही कविता पत्रिका छापिएकै हुन् तर निरन्तरता दिन सकिनँ । त्यो डण्डिफोरे कडीलाई दाह्री फुल्दासम्म जोड्न सकिन्छ कि हेरौं ।

गाउँको विद्यालयमा पुस्तकालय स्थापनाका लागि फेसबुक अभियान नै चलाउनुभएको थियो, कहाँ हरायो पुस्तकालय स्थापना अभियान ?
–अभियान चलिरहेको छ तर केही शिथिल भएको छ । केही सहयोगको पनि घोषणा भएको छ तर विद्यालयमा छुट्टै भवन नभएकाले केही समय पर्खिदिनुप¥यो भन्ने विद्यालयकै अनुरोधमा मैले पनि पर्खेको छु । सायद विद्यालयमा चाँडै भवन बन्नेछ र अभियानले पूर्णता दिन पाउनेछ ।

कसरी आयो यस्तो सुविचार ?
–मैले पढेको विद्यालय (बालकल्याण उमावि झुलखेत, रुकुम) मा केही गरुँ भनेर अभियान थालेको हँु । हरेक व्यक्तिले इतिहास बिर्सने खतरा बढेको छ । आफूले पढेको विद्यालय, आफू जन्मेको गाउँ, आफूले काम गरेको कर्मथलो बिर्सेर नयाँ ठाउँ र परिवेशमा मात्रै रमाउने स्थितिलाई थोरै भए पनि रोक्न सकियोस् र नयाँ भाइबहिनीहरुलाई पनि प्रेरणा होस् भनेर यसो गरेको हुँ ।

अर्को कुरा, पुस्तक ज्ञान प्राप्तिको सशक्त माध्यम हो । गाउँमा जे पनि नयाँ हुन्छ । पुस्तकको एउटा लाइन मात्र पढेर कुनै व्यक्तिले केही नयाँ सिक्यो भने मलाई केही घाटा हुँदैन तर उसको जीवन परिवर्तनमा सहयोगी हुनसक्छ भन्ने मेरो विश्वास हो । यो अभियान सफल भयो भने सामाजिक सरोकारका केही अन्य केही अभियान पनि चलाउने सोंच छ, हेरौं कहाँ पुगिन्छ ।

तर, तपाइँ पुस्तक सर्सर्ती हे¥यो, गहिरो अध्ययन गर्नु छैन गफ दिइहाल्नुहुन्छ पनि भन्छन् नि कतिपयले ?
–ए हो र ! कतिपयलाई त्यस्तो लाग्दो रहेछ । पढ्ने भनेकै बुझ्ने, व्याख्या गर्ने र बदल्ने काम हो भन्ने स्कूलिङबाट आएको एउटा विद्यार्थीले पढेको कुरा व्याख्या गर्न खोज्नु (तपाइँको शब्दमा गफ दिने) नयाँ अनौठो होइन ।

बरु पढे जति कति गफ दिन सकिएको छ र सोहीअनुरुप कति बदल्ने प्रयास गरिएको छ भन्ने महत्वपूर्ण कुरा हो । तपाइँको प्रश्न सत्य हो भने बदल्ने र बदलिने सवालमा छलाङ मार्न नसके पनि गफ दिनचाहिँ सकिएकै रहेछ, खुशी लाग्यो ।

प्रस्तुति : विवश यात्री

साभारः http://janaubhar.com.np/np/?p=2691

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>