News

रत्नकला, गाउँले जीवन र स्वास्थ्य संवेदनशीलता

नेपालको स्वास्थ्य स्थिति आफैमा दयनीय अवस्थामा छ । त्यसमा पनि ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्य अवस्था निकै चिन्ताजनक अवस्थामा छ । स्वास्थ्यसम्बन्धी चेतना र औषधोपचार दुबै हिसाबले ग्रामीण क्षेत्रहरु निकै पछाडि छन् । हिजो मात्रै प्रकाशित एउटा खबर हेर्ने हो भने पनि यो बुझ्न कठिन छैन ।

छोराको आशमा बच्चा जन्माउने क्रममा मृत्युको मुखमा पुगेकी एक महिलालाई चिकित्सकले रक्तदान गरेर बचाएका छन् । सुत्केरी व्यथा लागेपछि रुकुमको चौरजहारी अस्पतालमा भर्ना भएकी जाजरकोट जिल्लाको खलङगा– ८ पिपेकी ४० बर्षीया रत्नकला रानालाई चिकित्सक डा. इसान मल्लले रगत दिएपछि उनको ज्यान बचेको हो । यसलाई सामान्यरुपमा हेर्दा चिकित्सकले रगत दिएर एउटी महिलाको ज्यान बचाए भन्ने सकारात्मक खबर मान्न सकिन्छ । निश्चय नै कुनै व्यक्तिको जीवन बा“च्नु राम्रो कुरा हो र आफ्नो रगत दिएर मृत्युको मुखमा पुगेकाहरुलाई जीवनदान दिनु निकै प्रशंसनीय कुरा हो । तर, रगत दिने चिकित्सकको प्रशंसा गरेर मात्र पुग्दैन, स्वास्थ्यसम्बन्धी चेतनाको अभावमा सिर्जना भएको विकराम समस्याप्रति पनि उत्तिकै चिन्तित र गम्भीर हुन जरुरी छ । त्यति मात्र होइन, ग्रामीण क्षेत्रमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुनुको पीडा पनि यसमा प्रष्ट देख्न सकिन्छ ।
समाज अझै रुढीवादी संस्कार र पुरुषप्रधान मानसिकताले यति ग्रस्त छ कि ११ वटा छोरी हुँदा पनि छोरा जन्माउनैपर्ने वा छोरा जन्माउनै लागि १२ वटा बच्चा जन्माउनुपर्ने बाध्यता । जाजरकोटकी रत्नकला राना एउटा पात्र भए पनि अधिकांश ग्रामीण क्षेत्रका लागि यो नौलो घटना होइन । एकातिर विश्वका अन्य देशहरुमा र नेपालकै पनि बजार क्षेत्रमा कमभन्दा कम सन्तान जन्माउने होड चलिरहेको बेला ग्रामीण क्षेत्रमा अझै आधादेखि एक दर्जनसम्म सन्तान जन्माउने क्रम रोकिएको छैन । पहिलेको तुलनामा केही कम त भएको छ तर रोकिएको छैन ।

धेरै बच्चा जन्माउ“दा आमाको स्वास्थ्यमा के समस्या आउ“छ ? बच्चाको स्वास्थ्य स्थिति र उसको पालनपोषणमा के समस्या पर्छ ? बच्चाको शिक्षा दिक्षा र परिवारको आर्थिक कारोवार चलाउन के समस्या पर्छ ? आदि बिषयमा पर्याप्त जानकारी छैन । स्वास्थ्यसम्बन्धी पर्याप्त चेतनाको अभावमा धेरै सन्तान जन्माउने क्रम चलिरहेको छ । अर्कोतिर लैंगिक विभेद पनि यसको महिलाको स्वास्थ्यसँग जोडिएको सबैभन्दा ठूलो समस्याको रुप देखिएको छ । जति धेरै छोरीहरु भए पनि छोरा जन्माउनैपर्ने वा छोरा पाउन जतिसुकै बच्चा जन्माउन पनि तयार हुने जुन विभेदपूर्ण सोंच र रुढीवादी संस्कार छ, त्यो पनि विकराल समस्याको रुपमा देखिएको छ । छोराछोरी जे भए पनि सन्तान नै हुन् र ती बराबरी हुन् भन्ने मान्यताको विकास नगर्दासम्म अझै छोराकै आशमा कैयौं आमाहरुले अकालमा ज्यान गुमाउने र मृत्युमा मुखमा पुग्ने स्थिति रोकिने छैन ।

ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्थासँग जोडिएको अर्को समस्या हो– आवश्यक स्वास्थ्य उपचारका लागि स्रोत, साधन र जनशक्तिको अभाव । एक त ग्रामीण क्षेत्र भौगोलिक हिसाबले अत्यन्तै विकट छ र एक ठाउँबाट अर्को ठाउँ पुग्न सहज छैन । त्यसमा स्वास्थ्य निकायहरु टाढाटाढा छन् र भए जति स्वास्थ्य निकायमा पनि आवश्यक स्रोत, साधन र जनशक्ति छैन । पहाडी क्षेत्रमा अहिले सबैभन्दा ठूलो समस्याको रुपमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को अभाव देखिएको छ । अहिले पहाडी जिल्लाहरुमा रगतको अभाव पर्दा अस्पतालका स्वास्थ्यकर्मी, स्थानीय सुरक्षा निकाय र विरामीका आफन्तले रक्तदान गरेर विरामीको ज्यान बचाउने गरेका छन् भने धेरै विरामीको रगतकै अभावमा ज्यान जाने गरेको छ ।

गतविना मानिसको जीवन बाँच्न सक्दैन तर रगत त्यस्तो वस्तु हो, जोे दान गरेर अर्को मानिसलाई घाटा पनि हु“दैन । पहाडी जिल्लाहरुमा ठाउ“ ठाउ“मा ब्लड बैंक भएको खण्डमा रक्तदान गर्नेहरुका कमी हु“दैन र रगतकै अभावमा कसैको ज्यान जाने स्थिति पनि आउने छैन । त्यसैले ग्रामीण क्षेत्रमा ब्लड बैंक स्थापना गर्ने कार्यलाई राज्यलगायत सरोकारवालाहरुले गम्भीरतापूर्वक लिन जरुरी छ । ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी चेतना जागृत गर्ने, आफ्नो स्वास्थ्य स्थितिप्रति सचेत रहन आम नागरिकलाई प्रेरित गर्ने र विरामीको उपचारका लागि स्थानीयस्तरमा आवश्यक स्रोत, साधन र जनशक्ति उपलब्ध गराउने कुरामा राज्य गर्न गम्भीर बन्नुपर्छ । कम्तीमा यति गर्न सकियो भने ग्रामीण वासिन्दाको स्वास्थ्य स्थितिमा केही सुधार ल्याउन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *