राजनीतिमा अब जीवन बदल्ने एजेण्डा चाहिन्छ

 नरेन्द्र केसी

राजनीतिक परिवर्तन गर्नु कम चुनौतीपूर्ण कुरा होइन । नेपालमा पटक–पटक राजनीतिक परिवर्तनका लागि ठूला–ठूला आन्दोलन भएका छन् । यी आन्दोलनमा हजारौंको रगत बगेको छ । लाखौं जनता प्रभावित भएका छन् । वर्षौंको समयावधि राजनीतिक आन्दोलनमै सकिएको छ ।

केही दशक अघिसम्म हामीजस्तै अवस्थामा रहेका छिमेकी मुलुकहरु धेरै अगाडि मात्र बढेका छैनन् विश्वकै शक्तिसम्पन्न मुलुक बन्ने दौडमा छन् । अहिलेको आर्थिक सम्पन्नता हेर्ने हो भने पनि उत्तरी छिमेकी मुलुक दोस्रो विश्व महाशक्तिको रुपमा उदाएको छ भने दक्षिणी छिमेकी देश चौथो महाशक्तिको रुपमा उदाउँदैछ । त्यहाँ पनि असमानता र गरीबी नभएको होइन तर यी मुलुक विश्वलाई टक्कर दिने हैसियतमा पुगेका छन् ।

हाम्रो हविगत भने दयनीय अवस्थामा छ । हामी आर्थिकरुपले मात्र होइन सामाजिक–सांस्कृतिक मूल्य मान्यताका हिसाबले पनि निकै तल छौं तर पनि यी सरोकारहरु हाम्रो राजनीतिक परिधिमा समेटिन सकेका छैनन् । केही दिनयताका पत्रिकाका पाना पल्टाएर मात्रै हेर्ने हो भने पनि निराशाका चित्र मात्र कोरिएका भेटिन्छन् ।

भत्किदै गरेका सामाजिक मूल्य मान्यता र हुर्किदै गरेको भ्रष्ट मनोविज्ञान निश्चय नै हामीले चाहेको नयाँ नेपालका आधार बन्न सक्दैनन् । सामाजिक मूल्य मान्यता यसरी भत्किदै गएका छन् कि राजनीतिक स्खलनको प्रत्यक्ष छाप सामाजिक जीवनमा पनि देखिन थालेको छ । पुस महिना आधा सकिएको छ, यही महिनामा मात्र कैयौं निर्दोष महिलाले अनाहकमा ज्यान गुमाएका छन् र कैंयौं महिलाले सास्ती भोगेका छन् ।

महिला हिंसाको भयावह रुप मात्र होइन भ्रष्ट प्रवृत्तिको बढोत्तरी पनि सामाजिक अग्रगतिको बाटोमा पर्खाल बनेर उभिने स्थिति देखिदैछ । दाङकै केही समययताका घटनाक्रम हेरौं, बैंक सञ्चालनको सर्वाधिकार पाएका क्यासियरले अधिकारको अकल्पनीय दुरुपयोग गरेर लुटपाटको योजना बनाउँछन् भने आफ्नै पियनहरुको तलब झ्वाम पारेर मालपोत कार्यालय प्रमुखले भ्रष्ट चरित्रको नग्नता देखाउछन् । यी सबै घटनाक्रमबाट के देखिन्छ भने नेपाल राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले निकै जटिल अवस्थामा छ ।

राजनीतिक परिवर्तनका लागि अहिलेसम्म ठूला–ठूला आन्दोलन भएका छन् र परिवर्तन पनि भएको छ तर राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक–सामाजिक रुपान्तरण र नयाँ सांस्कृतिक मूल्य मान्यताको विकासका लागि उल्लेखनीय काम हुन सकेको छैन । राजनीतिक वृत्त सेवाभावबाट प्रेरित हुनेभन्दा पनि धन आर्जनको केन्द्र बन्ने गरेको छ । कर्मचारीतन्त्र पनि जनताको सेवक होइन शासक मनोवृत्तिबाट ग्रस्त छ ।

राजनीतिक क्षेत्र धन आर्जनको केन्द्र र कर्मचारीतन्त्र शासक मनोवृत्तिबाट मुक्त नहुँदासम्म अन्य क्षेत्रले चिन्ता र चासो लिदैमा सुशासन र समृद्धिको सम्भावना कमै रहन्छ तर पनि जनस्तरबाट व्यापक दबाब सिर्जना गर्न जरुरी छ कि समाजका सबै अवयवहरु आ–आफ्नो भूमिकामा केन्द्रित हुने हो भने समाज रुपान्तरण सम्भव छ, देशको समृद्धि सम्भव छ । त्यसमा पनि सबै नीतिको मूल नीति मानिने राजनीति सच्चिनु जरुरी छ ।

राजनीति सच्याउने महत्वपूर्ण भूमिका जनताकै हुन्छ । हामी सबैले स्पष्टरुपमा भन्न सक्नुपर्छ– नेताजी हो, राजनीति गर्न मन छ भने तर्क–वितर्क र आरोपप्रत्यारोपमा प्रतिस्पर्धा गर्ने होइन जनताको जीवनरेखा बदल्ने एजेण्डा लिएर आऊ । आफू जति दूधले नुहाएको र अरुहरु सबै चर्पीका धुलो हुन् भन्ने मनोविज्ञान छाडेर समृद्धि र सुशासनको खाका लिएर आऊ । अब नेपाललाई शब्द जालले भरिएका ठेली र घण्टौं घण्टाका प्रवचन होइन राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक–सामाजिक रुपान्तरण र नवीनतम सांस्कृतिक मूल्य मान्यताको जग हाल्ने अग्रगामी रोडम्याप चाहिएको छ ।

7 thoughts on “राजनीतिमा अब जीवन बदल्ने एजेण्डा चाहिन्छ

  1. “……आफू जति दूधले नुहाएको र अरुहरु सबै चर्पीका धुलो हुन् भन्ने मनोविज्ञान छाडेर समृद्धि र सुशासनको खाका लिएर आऊ । अब नेपाललाई शब्द जालले भरिएका ठेली र घण्टौं घण्टाका प्रवचन होइन राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक–सामाजिक रुपान्तरण र नवीनतम सांस्कृतिक मूल्य मान्यताको जग हाल्ने अग्रगामी रोडम्याप चाहिएको छ ।”

    Ramro Bichar, write always sr….

  2. Nevertheless, in some circumstances, researchers have actually observed that simulated acupuncture resulted in some level of pain alleviation.

    My weblog webpage (Lori)

  3. Heritage: The University of Auricular Acupuncture has a
    family tree that spans 45 years, as well as a track record for training that provides results.

    Look into my web blog: page (Louann)

Leave a Reply to Lorri Cancel reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>