नरेन्द्र केसी
राजनीतिक परिवर्तन गर्नु कम चुनौतीपूर्ण कुरा होइन । नेपालमा पटक–पटक राजनीतिक परिवर्तनका लागि ठूला–ठूला आन्दोलन भएका छन् । यी आन्दोलनमा हजारौंको रगत बगेको छ । लाखौं जनता प्रभावित भएका छन् । वर्षौंको समयावधि राजनीतिक आन्दोलनमै सकिएको छ ।
केही दशक अघिसम्म हामीजस्तै अवस्थामा रहेका छिमेकी मुलुकहरु धेरै अगाडि मात्र बढेका छैनन् विश्वकै शक्तिसम्पन्न मुलुक बन्ने दौडमा छन् । अहिलेको आर्थिक सम्पन्नता हेर्ने हो भने पनि उत्तरी छिमेकी मुलुक दोस्रो विश्व महाशक्तिको रुपमा उदाएको छ भने दक्षिणी छिमेकी देश चौथो महाशक्तिको रुपमा उदाउँदैछ । त्यहाँ पनि असमानता र गरीबी नभएको होइन तर यी मुलुक विश्वलाई टक्कर दिने हैसियतमा पुगेका छन् ।
हाम्रो हविगत भने दयनीय अवस्थामा छ । हामी आर्थिकरुपले मात्र होइन सामाजिक–सांस्कृतिक मूल्य मान्यताका हिसाबले पनि निकै तल छौं तर पनि यी सरोकारहरु हाम्रो राजनीतिक परिधिमा समेटिन सकेका छैनन् । केही दिनयताका पत्रिकाका पाना पल्टाएर मात्रै हेर्ने हो भने पनि निराशाका चित्र मात्र कोरिएका भेटिन्छन् ।
भत्किदै गरेका सामाजिक मूल्य मान्यता र हुर्किदै गरेको भ्रष्ट मनोविज्ञान निश्चय नै हामीले चाहेको नयाँ नेपालका आधार बन्न सक्दैनन् । सामाजिक मूल्य मान्यता यसरी भत्किदै गएका छन् कि राजनीतिक स्खलनको प्रत्यक्ष छाप सामाजिक जीवनमा पनि देखिन थालेको छ । पुस महिना आधा सकिएको छ, यही महिनामा मात्र कैयौं निर्दोष महिलाले अनाहकमा ज्यान गुमाएका छन् र कैंयौं महिलाले सास्ती भोगेका छन् ।
महिला हिंसाको भयावह रुप मात्र होइन भ्रष्ट प्रवृत्तिको बढोत्तरी पनि सामाजिक अग्रगतिको बाटोमा पर्खाल बनेर उभिने स्थिति देखिदैछ । दाङकै केही समययताका घटनाक्रम हेरौं, बैंक सञ्चालनको सर्वाधिकार पाएका क्यासियरले अधिकारको अकल्पनीय दुरुपयोग गरेर लुटपाटको योजना बनाउँछन् भने आफ्नै पियनहरुको तलब झ्वाम पारेर मालपोत कार्यालय प्रमुखले भ्रष्ट चरित्रको नग्नता देखाउछन् । यी सबै घटनाक्रमबाट के देखिन्छ भने नेपाल राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले निकै जटिल अवस्थामा छ ।
राजनीतिक परिवर्तनका लागि अहिलेसम्म ठूला–ठूला आन्दोलन भएका छन् र परिवर्तन पनि भएको छ तर राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक–सामाजिक रुपान्तरण र नयाँ सांस्कृतिक मूल्य मान्यताको विकासका लागि उल्लेखनीय काम हुन सकेको छैन । राजनीतिक वृत्त सेवाभावबाट प्रेरित हुनेभन्दा पनि धन आर्जनको केन्द्र बन्ने गरेको छ । कर्मचारीतन्त्र पनि जनताको सेवक होइन शासक मनोवृत्तिबाट ग्रस्त छ ।
राजनीतिक क्षेत्र धन आर्जनको केन्द्र र कर्मचारीतन्त्र शासक मनोवृत्तिबाट मुक्त नहुँदासम्म अन्य क्षेत्रले चिन्ता र चासो लिदैमा सुशासन र समृद्धिको सम्भावना कमै रहन्छ तर पनि जनस्तरबाट व्यापक दबाब सिर्जना गर्न जरुरी छ कि समाजका सबै अवयवहरु आ–आफ्नो भूमिकामा केन्द्रित हुने हो भने समाज रुपान्तरण सम्भव छ, देशको समृद्धि सम्भव छ । त्यसमा पनि सबै नीतिको मूल नीति मानिने राजनीति सच्चिनु जरुरी छ ।
राजनीति सच्याउने महत्वपूर्ण भूमिका जनताकै हुन्छ । हामी सबैले स्पष्टरुपमा भन्न सक्नुपर्छ– नेताजी हो, राजनीति गर्न मन छ भने तर्क–वितर्क र आरोपप्रत्यारोपमा प्रतिस्पर्धा गर्ने होइन जनताको जीवनरेखा बदल्ने एजेण्डा लिएर आऊ । आफू जति दूधले नुहाएको र अरुहरु सबै चर्पीका धुलो हुन् भन्ने मनोविज्ञान छाडेर समृद्धि र सुशासनको खाका लिएर आऊ । अब नेपाललाई शब्द जालले भरिएका ठेली र घण्टौं घण्टाका प्रवचन होइन राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक–सामाजिक रुपान्तरण र नवीनतम सांस्कृतिक मूल्य मान्यताको जग हाल्ने अग्रगामी रोडम्याप चाहिएको छ ।
“……आफू जति दूधले नुहाएको र अरुहरु सबै चर्पीका धुलो हुन् भन्ने मनोविज्ञान छाडेर समृद्धि र सुशासनको खाका लिएर आऊ । अब नेपाललाई शब्द जालले भरिएका ठेली र घण्टौं घण्टाका प्रवचन होइन राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक–सामाजिक रुपान्तरण र नवीनतम सांस्कृतिक मूल्य मान्यताको जग हाल्ने अग्रगामी रोडम्याप चाहिएको छ ।”
Ramro Bichar, write always sr….
Thanks for the auspicious writeup. It in truth used to be a entertainment account it.
Look complex to far delivered agreeable from you!
However, how can we be in contact?
Acupuncture is a component of the healthcare system of China that could be traced back
at least 2,500 years.
Here is my homepage … health blog, Lorri,
I do not believe these studies in any way compare both analyses of acupuncture.
Here is my web-site: site (Lavonne)
Nevertheless, in some circumstances, researchers have actually observed that simulated acupuncture resulted in some level of pain alleviation.
My weblog webpage (Lori)
The needles made use of in this form of 5 aspects acupuncture are
very great in order to create marginal sensation when they are placed.
My site health website (Karolin)
Heritage: The University of Auricular Acupuncture has a
family tree that spans 45 years, as well as a track record for training that provides results.
Look into my web blog: page (Louann)