रेमिट्यान्सको सदुपयोग र लगानी नीति आवश्यक

रेमिट्यान्सले अर्थतन्त्र धानेको विश्वका पाँच मुलुकमा नेपाल पनि पर्दछ । यसो भन्दा एक हिसाबले सन्तुष्टि गर्नुपर्ने अवस्था पनि छ कि यति धेरै रेमिट्यान्स नआउँदो हो त नेपालको अर्थतन्त्र कसरी चल्दो हो ? तर, अर्कोतिर यो गम्भीर चिन्ताको विषय पनि हो कि यति ठूलो श्रमशक्ति विदेशी बजारमा सस्तो मूल्यमा बिक्री भइरहेको छ । Continue reading

आर्थिक विकासमा राजनीतिक स्थायित्व

थुप्रै संभावनाका बावजुद पनि नेपाल हरेक क्षेत्रमा पछाडि परेको छ । त्यसमा पनि आर्थिक विकासका दृष्टिले नेपाल धेरै पछाडि छ । केही दशक अघिसम्म उस्तै आर्थिक हैसियतमा रहेका छिमेकी मुलुकहरु दोहोरो आर्थिक बृद्धिदरमा अगाडि बढिसक्दा पनि नेपाल पुरानै स्थितिमा रहनुका थुप्रै कारणहरु होलान्, त्यसमध्ये प्रमुख कारण राजनीतिक अस्थिरता हो । Continue reading

के कांग्रेस एमालेलाई राष्ट्रपति शासन चाहिएको हो ?

नरेन्द्र केसी
केही दिनयता राष्ट्रप्रमुखको रुपमा रहेका राष्ट्रपतिलाई विवादमा तान्ने काम भइरहेको छ । संविधानसभा भंग भएसगै बिपक्षी दलहरुले दबाब दिने गरी लगातार भेटघाट गरेर सक्रिय भूमिकाका लागि आग्रह गरेको जगजाहेर छ । एकातिर संवैधानिक सीमाभित्र रहनुपर्ने बाध्यता र अर्कोतिर लगातारको बिपक्षी दहलरुको दबाबका कारण राष्ट्रपतिलाई निकै अफ्ठ्यारोमा पारिएको थियो । संविधानको लक्ष्मणरेखा ना“घ्न पनि नसक्ने र बिपक्षी दलहरुको दबाबलाई उपेक्षा गर्न पनि नसक्ने निकै अन्योलपूर्ण अवस्थामा रहनुभएका राष्ट्रपतिलाई पछिल्लो समयमा संवैधानिक घेरा ना“घ्न नै बढी उत्प्रेरित बनाउन खोजेको देखिएको छ । राजनीतिक संक्रमण लम्बिइरहेको र कुनै पनि जनप्रतिनिधिमूलक संस्था नरहेको बेला राष्ट्रप्रमुखलाई विवादित बनाउने वा संवैधानिक सीमालाई बेवास्ता गर्नतिर उद्धत बनाउनु समग्र लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय राजनीतिक निकास कुनै पनि दृष्टिले सही हुन सक्दैन । Continue reading