थवाङसँगको पहिलो भेट र मेरो पत्रकारिता

समय वित्न पनि के बेर लाग्दोरहेछ र ? हिजोजस्तै लाग्छ त्यो क्षण, जतिबेला मुलुक संकटकालको कालरात्रीमा थियो । पत्रकारितामा प्रवेश गरेको बल्लतल्ल तीन वर्ष पुग्दै थियो । द्वन्द्वग्रस्त क्षेत्र रुकुमको संवाददाताको जिम्मा पाएपनि नेपाल समाचारपत्रमा फ्रन्टपेजमा समाचार छाप्ने मेरो सौख अझै पूरा भएको थिएन । त्यो सौख पूरा म कुनै ‘स्कूप’ को पर्खाइमा थिए । २०६० पुस २३ गतेको कुरा हो, एउटा पत्र आयो मेरो हातमा । पत्रकारिता र अध्ययनको सिलसिलामा म सदरमुकाम खलंगाको काँडेतारभित्र थिएँ तर पत्र आयो काँडेतारबाहिरबाट । Continue reading