राप्ती कुन प्रदेशमा ?

नेपालमा संघीयताको चर्चा लामो समयदेखि हुन थाले पनि पछिल्लो समयमा राजनीतिक एजेण्डा बनाएको माओवादी जनयुद्धले नै हो । भलै उसले आफ्नो संघीयतासम्बन्धी दृढ अडान राख्न नसक्दा अन्तरिम संविधानमा यो छुट्यो र मधेशवादी दलहरुले आन्दोलन गरेपछि संविधान संशोधन गरेर यसलाई थप गरियो । अहिले नेपाल संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक मुलुक हो । अब नयाँ संविधान जारी भएसँगै यसलाई लागु गर्नुको कुनै विकल्प छैन । माओवादीले जनयुद्धकालमै विभिन्न प्रादेशिक राज्यको अवधारणा शुरु गरेर एक चरण लागु पनि गरेको हो । अहिले ती राज्यलाई नै आधार मानेर उसले पार्टी संरचनालाई राज्यस्तरीय बनाएको छ, यद्यपि पछिल्लो समयमा राज्य समितिहरुलाई कार्यकारी नभई समन्वय समितिको रुपमा पनि परिचालन गर्ने निर्णय दुबै माओवादीले गरेका छन् तर पनि उनीहरुले राज्य समितिलाई मान्यता दिइरहेका छन् । पार्टी संरचनालाई नै नयाँ अवधारणाअनुसार अघि बढाएपछि उक्त अवधारणा बढी स्थापित हुँदो रहेछ । तर, ती सबै प्रस्तावित प्रदेश वा राज्यहरु कति वैज्ञानिक र प्रभावकारी छन् भन्ने बहस पर्याप्त मात्रामा चल्न सकेको छैन । अन्य राज्य वा प्रादेशिक संरचनाबारे सम्बन्धित क्षेत्रमा पनि बहस होला तर हामीले कम्तीमा यो राप्ती क्षेत्रको बहस अगाडि बढाउनैपर्दछ । Continue reading

दुई बर्षअघि हराएका सल्यानीको सम्झनामा

गाउँतिर अझै पनि एउटा चलन छ, वनमा चर्न गएका गाइवस्तु घर फर्केनन् भने साँझ नून पड्काइन्छ । ढिके नून आगोमा हाल्दा पड्क्यो भने गाडीवस्तु ज्यूँदै रहेको पड्केन भने गाइवस्तु मरिसकेको विश्वास गर्ने मान्यता छ । यसमा कुनै वैज्ञानिक सत्यता छैन तर पनि विभिन्न गाउँमा अझै यो पुरानो विश्वासको रुपमा लिइन्छ । नूनलाई जीवन र मृत्युसँग जोडेर हेर्ने गरिन्छ । हिन्दू धर्मअनुसार आफन्तको निधनमा नून छाड्ने गरिन्छ । संभवतः यो गाइवस्तुको सवालमा पनि नूनप्रतिको धार्मिक विश्वासले गर्दा नै नून पड्काउने गरिन्छ । प्रायः बर्षातयाममा कुहिरो र पानीले गाइवस्तु धेरै हराउने भएकाले यो समयमा नै नून पड्काउने काम पनि बढी नै हुन्छ । गएको असारदेखि धेरै गाउँमा धेरै गोठालाहरुले गाइवस्तुको खोजीमा नून पड्काइसकेहोलान् तर हाम्रो नेपाल सरकार भने आफ्ना नागरिकप्रति ती गोठालाहरुजत्तिकै पनि चिन्तित हुन सकेन, आफ्ना सयौं नागरिक हराउँदा पनि कुनै वास्ता छैन उसलाई । Continue reading

बादलमाथिको गुराँसे यात्रा

12‘ओहो खर्साङ !’
‘होइन खौला’
झापाबाट रुकुम हेर्न पहिलोपटक आएका प्रकाश शर्माको शब्द भूइँमा खस्न नपाउँदै मैले फर्काएँ । रातको साढे ९ बज्दै थियो । सल्यानको भू–भाग सकिनैलाग्दा थोरै उकालो काटेपछि एउटा सहिद गेट भेटियो । गाडीले गेट क्रस गर्न नपाउँदै देखियो चारैतिर उज्यालो । गाडी चालक पनि मोहित भएछन् क्यारे, गाडी सुस्त गरे अनि चारैतिर नियाल्न थाले । आकाशमा ताराहरु चम्किरहेका थिए । आकाश र धर्ती दुबैमा उत्तिकै चम्कन । ‘रुकुम उज्यालो भन्थे, साँच्चिकै उज्यालो रहेछ’– रुकुम हेर्ने एक मात्र उद्देश्य लिएर झापाको भद्रपुरबाट जहाजमा काठमाडौं र त्यहाँबाट जहाजमा भैरहवा हुँदै दाङबाट हामीसँगै सानो गाडीमा हुइकिरहेका झापाली प्रकाशले झल्यास्स भारतको खर्साङ सम्झेछन् । Continue reading